वित्तीय विवरणमा जनरल इन्स्योरेन्स कम्पनीको व्यवसाय खस्किदै, मुनाफा १०७% ले बृद्धि

२७ बैशाख २०७८, सोमबार १२:०१

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । आज सार्वजनिक गरेको वित्तीय विवरण अनुसार सो कम्पनीको व्यवसाय खस्किदएको देखिएको छ ।

चालु आवको नौ महिनामा कम्पनीको खुद बीमा शुल्क आर्जनमा गिरावट आएको छ । यद्यपि कम्पनीको जारी बीमालेख संख्या ४३.५४ प्रतिशतले बढेर ४२ हजार ७१५ बाट ६१ हजार ३१३ पुगेको छ ।

जनरल इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षको चैत्रसम्ममा कूल १९ करोड ५० लाख २५ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेकोमा चालु आवको सोही अवधीमा जम्मा १६ करोड ६३ लाख २५ हजार रुपैयाँमा सीमित भएको छ ।

कम्पनीको खुद बीमा शुल्क आम्दानी १६.१० प्रतिशतले गिरावट आएको छ । त्यस्तै कम्पनीको कूल बीमा शुल्क आम्दानी भने बृद्धि भएको देखिएको छ । गत वर्ष ४१ करोड ६० लाख ८० हजार रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको कम्पनीले चालु आवको नौ महिनामा ५२ करोड २८ लाख ८६ हजार रुपैयाँ कूल बीमा शुल्क आर्जन गरेको छ ।

कम्पनीको मुनाफामा भने १०७ प्रतिशतले बृद्धि भएको छ । गत आवमा तीन करोड छ लाख ९५ हजार रुपैयाँ मुनाफा आर्जन गरेको कम्पनीले चालु आवमा १०७.४८ प्रतिशतले बृद्धि गरी छ करोड ३६ लाख ८७ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

त्यस्तै कम्पनीको दावी भुक्तानी बक्यौता पनि ११९.७६ प्रतिशतले बृद्धि भएको आज प्रकाशित वित्तीय विवरणमा देखिएको छ । कम्पनीको प्रतिशेयर आम्दानी ८.४९ रुपैयाँ, प्रतिशेयर नेटवर्थ ११७.०२ रुपैयाँ, मूल्य आम्दानी अनुपात ८७.२६ र प्रतिशेयर कूल सम्पत्तिको मूल्य १६४ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*