सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको छलाङ, १० अर्बको जीवन बीमा कोष, नाफा ५६% ले बृद्धि हुँदा अन्य सूचांक कस्तो ?

२७ बैशाख २०७८, सोमबार १२:४२

काठमाडौं । चालु आवको तेस्रो त्रैमासमा सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले बीमा व्यवसायमा छलाङ मार्न सफल भएको छ । चालु आवको नौ महिनाको वित्तीय विवरण अनुसार कम्पनीले १० अर्बको जीवन बीमा कोषमा जम्मा गर्न सफल भएको छ । गत आवको समीक्षा अवधीमा छ अर्ब ६४ करोड तीन लाख ८४ हजार रुपैयाँ रहेको जीवन बीमा कोषलाई कोरोना महामारीकै समयमा झण्डै चार अर्बले बृद्धि गरी १० अर्बको बनाउन सफल भएको छ । कम्पनीको जीवन बीमा कोष ५०.८० प्रतिशतले बृद्धि गर्न सफल भएको छ ।

कम्पनीको खुद बीमा शुल्क आम्दानी ८२.५४ प्रतिशतले बृद्धि गरी तीन अर्ब २३ करोड १३ लाख ९२ हजार रुपैयाँ आर्जन गर्न सफल भएको छ । अघिल्लो आवमा कम्पनीले जम्मा एक अर्ब ७७ करोड दुई लाख ७५ हजार रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । त्यस्तै कूल बीमा शुल्क आम्दानी सोही अनुपातमा बृद्धि भई तीन अर्ब ८१ करोड १८ लाख ४८ हजार रुपैयाँ रहेको छ ।

कम्पनीको खुद दावी भुक्तानी ५० करोड ७८ लाख ७४ हजार रुपैयाँ रहेको छ । गत आवमा कम्पनीले २५ करोड ८५ लाख २६ हजार रुपैयाँ दावी भुक्तानी गरेको थियो । कम्पनीको खुद दावी भुक्तानी ९६.४५ प्रतिशतले बृद्धि भएको छ ।
कम्पनीले चालु आवको नौ महिनामा २९ करोड १० लाख ३५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आवमा जम्मा १८ करोड ६७ लाख आठ हजार रुपैयाँ मुनाफा गरेको कम्पनीको समीक्षा अवधीमा ५५.८८ प्रतिशतले बृद्धि गर्दै २९ करोड १० लाख ३५ हजार रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ ।

कम्पनीले अभिकर्ताहरुलाई कमिशन बापत वितरण गर्ने रकम ६२.७७ प्रतिशतले बृद्धि गरेको छ । अघिल्लो आवमा २२ करोड २७ लाख २२ हजार रुपैयाँ वितरण गरेको कम्पनीले चालु आवको नौ महिनामा ३६ करोड २५ लाख ३४ हजार रुपैयाँ अभिकर्ताहरुलाई कमिशन बापत वितरण गरेको छ ।

कम्पनीले चालु आवको नौ महिनामा ४४ करोड नौ लाख ४१ हजार रुपैयाँ व्यवस्थापन खर्च गरेको छ । अघिल्लो आवमा २८ करोड ७६ लाख ८६ हजार रुपैयाँ खर्च गरेको थियो । यस्तो खर्चमा ५३.२७ प्रतिशतले बृद्धि भएको देखिएको छ ।
कूल दुई अर्ब २६ करोड २८ लाख ९५ हजार रुपैयाँ चुक्ता पुँजि भएको कम्पनीको प्रतिशेयर आम्दानी १७.१५ रुपयाँ, मूल्य आम्दानी अनुपात ४८.९३ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १३०.९७ रुपैयाँ र प्रतिशेयर कूल सम्पत्तिको मूल्य ६२४.७२ रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*