शिखर इन्स्योरेन्सको संस्थापक समूहको शेयर संरचना परिवर्तन

९ जेष्ठ २०७८, आईतवार १५:५४

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको संस्थापक समूहमा रहेको शेयर संरचना परिवर्तन भएको छ ।

कम्पनीको चैत ९ गते बसेको १५ औं र १६ औं वार्षिक साधारणसभाबाट पारित भए बमोजिम संस्थापक शेयरधनीहरुलाई सूचना जारी गर्दै संस्थापक समूहमा रहेको ६० प्रतिशत शेयर संरचनालाई ५१ प्रतिशत हुने गरी शेयरधनीहरुको शेयर संरचना परिवर्तन हुने जानकारी गराएको हो ।

कम्पनीका अनुसार कम्पनीको प्रबन्धपत्र र नियमावली समेत संशोधन गरी बीमा समितिबाट स्वीकृति प्राप्त गरी सकेको हुँदा सो बमोजिम आफ्नो शेयर परिवर्तन गर्ने वा नगर्ने सम्बन्धमा सम्पुर्ण संस्थापक शेयरधनीहरुलाई निवेदन ढाँचा समेत संकलन गरी पत्राचार गरी सकिएको छ ।

शेयरधनीहरुलाई सुचना प्रकाशित भएको मितिले ३५ दिनभित्र कम्पनीको कार्यालयमा संस्थापक समुह रहेको शेयर आफ्नो हक हिस्सामा पर्ने शेयर सर्वसाधारण समुहमा परिवर्तन गर्ने वा नगर्ने कुनै एक ढाचा निवेदन कम्पनीमा पेश गर्न कम्पनीले आग्रह गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*