आईपीओ निष्काशन प्रस्ताव सहित आइएमई लाईफ इन्स्योरेको साधारण सभा आह्वान

१० जेष्ठ २०७८, सोमबार ११:३२

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले साधारण सेयर (आईपीओ) निष्काशन गर्ने सम्बन्धी प्रस्ताव गर्दै वार्षिक साधारण सभा आह्वान गरेको हो ।

कम्पनीको जेठ ७ गते बसेको संचालक समितिको बैठकले यहि जेठ ३१ गते कम्पनीको रजिष्टर्ड कार्यालय लैनचौरमा बिहान १० बजे तेस्रो वार्षिक साधारण सभा भच्र्युअल माध्यमबाट बोलाएको हो ।

कम्पनीका अनुसार सभाले कम्पनीको धितोपत्र दर्ता गरी आईपीओ निष्काशन सम्बन्धमा विशेष प्रस्ताव पारित गर्नेछ । कम्पनीले हाल कायम जारी पूँजीको ३० प्रतिशत अर्थात ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गर्नेछ । कम्पनीले सर्वसाधारणलाई आईपीओ निष्काशन गरेपछि चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ ।

One thought on “आईपीओ निष्काशन प्रस्ताव सहित आइएमई लाईफ इन्स्योरेको साधारण सभा आह्वान

  1. ऋषिप्रसाद लामिछाने says:

    नयाँ नयाँ मानिसहरूलाई पुँजीबजारमा समाहित गराउने कार्यलाई राम्रो भान्नु पर्छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*