नेको इन्स्योरेन्सले शेयरधनीहरुलाई लाभांश वितरण गर्ने

१० जेष्ठ २०७८, सोमबार १२:०४

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना शेयरधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ ।

कम्पनीको जेठ ९ गते बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण प्रस्ताव गरको छ । शेयरधनीहरुलाई २०७६/७७ को मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १५.५ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.८२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीको उक्त प्रस्तावित लाभांश बीमा समितिबाट स्वीकृत भई आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि वितरण हुने एक सूचना जारी गर्दै नेप्सेलाई जानकारी गराएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*