सूर्या लाइफद्धारा व्यतित बीमालेखमा व्याज छुट

१० जेष्ठ २०७८, सोमबार २१:००

काठमाडौं  । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले हाल कोरना महामारीको असहज परिस्थितिलाई ध्यानमा राखी हाम्रा वीमितहरुका लागि जेठ १० देखि ३१ सम्म निम्न बमोजिम व्याज छुटको व्यवस्था दिएको छ। साथै यस महामारीको विषम परिस्थितिमा स्वास्थ्य सुरक्षाका सबै उपायहरु अवलम्वन गरी सुरक्षित रहन कम्पनीले आग्रह गरेको छ ।

कम्पनीले निषेधाज्ञा सुरु भएको मिति बैशाख १६ गतेदेखि जेठ ३१ गतेसम्मको व्याजमा शत प्रतिशत छुट प्रदान गर्नेछ भने २ वर्ष अवधि २०७६ जेठ १६ गतेदेखि बैशाख १५ गतेसम्मको किस्ताको व्याजमा पनि ५० प्रतिशत छुट दिने व्यवस्था मिलाएको छ ।

साथै हालसम्म बाँकी तिर्नुपर्ने सबै किस्ताको व्याजमा पनि ३५ प्रतिशत छुट प्रदान गर्ने भएको छ ।कम्पनीले विद्युतिय माध्यमबाट पनि नविकरण शुल्क भुक्तानी गर्न सकिने व्यवस्था मिलाइएको छ । थप जानकारीको लागि कम्पनीको वेवसाईट वा कम्पनीको आधिकारिक ठेगाना वा नजिकको शाखा कार्यालयमा सम्र्पक राख्न आग्रह गरेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*