एभरेष्ट इन्स्योरेन्सको २६ औं बार्षिक साधारणसभा सम्पन्न, मर्जरमा जान सञ्चालक समितिलाई अनुमति

१० जेष्ठ २०७८, सोमबार २३:२५

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको २६ औ वार्षिक साधारणसभा आज डिजिटल माध्यमबाट ८ प्रतिशत बोनस शेयर पारित गर्दै सम्पन्न भएको छ । साधारणसभालाई सम्बोधन गर्दै सिर्ईओ कमल गौतले कम्पनीको २७ वर्षे यात्रामा विशिष्ट पहिचान बनाउन सफल भएको बताए ।

डिजिटल माध्यमबाट सम्पन्न भएको साधारणमा भर्चुअल विधि अपनाइएको सो कम्पनीले जनाएको छ । कम्पनीका अध्यक्ष राजिव सापकोटाको अध्यक्षतामा सम्पन्न भएको साधारण सभामा अध्यक्ष सापकोटाले कम्पनीको प्रगतिसहितको प्रतिवेदन पेश गरेका थिए । अध्यक्ष सापकोटाले कम्पनीको साधारणसभामा ढिलाई हुनुमा एनएफआरएस अनुसारको विवरण तयार गर्दा बढि समय लागेको प्रष्ट पारेका छन् ।

अध्यक्ष सापकोटाले आगामी दिनमा अझै बोनस बढि दिलाउन कम्पनी अझै कडा मेहनत गरेर अघि बढ्ने प्रतिबद्धता जनाएका छन् । केन्द्रीय कार्यालय हात्तिसारमा आयोजित कार्यक्रममा अध्यक्ष सापकोटोले एभरेष्ट इन्स्योरेन्स कम्पनी २७ वर्षको इतिहासमा विशिष्ट पहिचान बनाउन सफल भएको दावी गरे । उत्साह, हौसला प्रदान गर्ने शेयर होल्डर तथा मेहनत गर्ने व्यवस्थापनका कर्र्मचारीहरु तथा सञ्चालकहरुलाई धन्यवाद दिएका छन् ।

साधारणभसाबाट सामूहिक लगानी कोष सञ्चालन गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको कम्पनीले जनाएको छ । त्यस्तै, कम्पनी कुनै अन्य बीमा कम्पनीसँग गाभ्ने र गाभिने सम्बन्धी अधिकार कार्यसमितिलाई सुम्पने प्रस्ताव समेत पारित गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*