हिमालयन जनरल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

११ जेष्ठ २०७८, मंगलवार ११:३३

काठमाडौ । हिमालयन जनरल इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले ६ दशमलव ७५ प्रतिशत लाभांश प्रस्ताव गरेको थियो । कम्पनीले प्रस्तावित लाभांशसहित विविध प्रस्ताव पारित गर्न जेठ २८ गते २७ औं वार्षिक साधारण डाकेको छ ।सभा प्रयोजनका लागि कम्पनलिे जेठ १३ गतेदेखि जेठ २८ गतेसम्म बुक क्लोज गर्ने मिति तय गरेको छ।

बुक क्लोजको अघिल्लो कारोबार दिनसम्म कायम शेयरधनीहरु मात्र लाभांश र सभामा भाग लिन पाउनेछन् । बुधवार बुद्ध जयन्तिको सार्वजनिक विदा परेकाले मंगलवारसम्म शेयर कायम गर्नुपर्ने भएको हो । कम्पनीको वैशाख १७ गते बसेको सञ्चालक समितिको बैठकले कम्पनीको केन्द्रीय कार्यालय थापागाउँ, काठमाडौंमा विहान ११ बजे सभा गर्ने निर्णय गरेको हो । कम्पनीले भर्चुअल माध्यमबाट सभा गर्ने तयारी कम्पनीको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*