आईपिओ निष्काशन गर्ने प्रस्तावसहित, रिलायबल नेपाल लाइफको तेस्रो वार्षिक साधारणसभा असार ४ गते

१२ जेष्ठ २०७८, बुधबार ११:२५

काठमाडौं । रिलायबल नेपाल लाइफकोे तेस्रो वार्षिक साधारण सभा असार ४ गते हुने भएको छ। साधारणसभाले ६० करोडको आईपिओ निष्काशन गर्ने प्रस्ताव समेत पारित गर्नेछ । सभा उक्त दिन दिउँसो १ बजे ज्ञानेश्वरस्थित प्रधान कार्यालयमा हुने भएको छ । कम्पनीले सभामार्फत सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ ।

कम्पनी ६० करोड रुपैयाँबराबरको ६० लाख कित्ता आईपीओ निष्काशन गर्ने तयारीमा रहेको छ । त्यस्तै सभाले सञ्चालक नियुक्तीको अनुमोदन गर्ने र आव २०७५/ ७६ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।

कम्पनीको हालको चुक्तापूँजि १ अर्ब ४० करोड रुपैयाँ रहेको छ भने आईपीओ निष्कासन पश्चात् कम्पनीको चुक्ता पुँजि २ अर्ब रुपैयाँ पुग्नेछ ।
कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव साधारण सभाबाट पारित गरेपछि आवश्यक प्रक्रिया पुरा गरी धितोपत्र बोर्ड र बीमा समितिबाट स्वीकृति पाएपछि मात्र आईपीओ निष्काशन गर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*