रिलायवल नेपाल लाइफले आईपीओ निष्काशन गर्ने

१२ जेष्ठ २०७८, बुधबार १२:३५

काठमाडौं । रिलायवल नेपाल लाइफ इन्स्योरेन्सले सर्वसाधारणलाई प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ ।

कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित तेस्रो वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले भर्चुअल माध्यमबाट प्रधान कार्यालय ज्ञानेश्वर काठमाडौंमा असार ४ गते दिनको १ बजे साधारण सभा आह्वान गरेको हो ।

कम्पनीका अनुसार ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर निष्काशन गर्ने तयारी गरेको छ । साधारण सभामा सर्वसाधारणलाई छुट्टाइएको शेयर जारी गर्ने सम्बन्धमा छलफल गरी पारित गरिने जनाइएको छ ।

सर्वसाधारणलाई ६० करोड रुपैयाँ बराबरको आइपीओ निष्काशन पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*