नेपाल लाइफको सचेतनामुलक भिडियो सार्वजनिकः ‘घरभित्रै बसौं, महामारीलाई जितौं’

१२ जेष्ठ २०७८, बुधबार १३:२५

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले कोरोना महामारीलाई मध्यनजर गर्दै मर्मस्पर्सी सचेतनामुलक भिडियो सार्वजनिक गरेको छ ।

कम्पनीले ‘सचेत बनौ ! करोना विरुद्धको यो लडाई घरमै बसेर लडौ’ भन्ने सन्देश सहितको सांगीतिक भिडियो तयार पारेको हो । कोरोना महामारीमा सबैजनाले आ–आफ्नो क्षेत्रबाट योगदान गर्न कम्पनीले भिडियोमार्फत आग्रह गरेको छ । विश्वभरि नै फैलिएको कोभिड महामारीमा सबैको पीडा उस्त–उस्तै छ र महामारीसँग जुध्न देश साथमा रहेको सन्देश शब्द तथा भिडियोमा उल्लेख गरिएको छ ।

भिडियो सन्देशमा आफू बाच्ने र अरुलाई पनि बचाउन आफैले सावधानी अपनाउन आग्रह गरिएको छ । भोलिका दिनमा महामारीबाट मुक्त भइ सामान्य अवस्थामा जनजीवन आएपछि फेरी पनि हामी रमाउला भन्ने सन्देश उक्त भिडियोमा देखाइएको छ । भिडियोको अन्त्यमा सचेत बनौ, कोरोना विरुद्धको यो लडाई घरमै बसेर लडौ भनेर कम्पनीले सबैमा अनुरोध गरेको छ ।

सुनिल कोइरालाको शब्दलाई नेपाल लाइफकै कम्युनिकेसन एण्ड ब्राण्डिङ प्रमुख मेघेन्द्रप्रकाश गिरीको परिकल्पना तथा निर्देशनमा उक्त भिडियो तयार पारिएको कम्पनीले जनाएको छ । पुष्कर महतौँको स्वर, सङ्गीत र एरेञ्ज रहेको भिडियोलाई कुमार कटुवाल, प्रकाश गोपाली र रविन घिमिरेले छायांकन गरेका छन् । सन्तोष दवाडीले सम्पादन गरेको भिडियो अल थ्री मिडिया घरको पोष्ट प्रोडक्सन रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*