बीमा गरेको महिनादिन नपुग्दै कोरोनाबाट निधन, सिटिजन लाइफद्वारा घरैमा पुगेर १३ लाख दावी भुक्तानी

१२ जेष्ठ २०७८, बुधबार १४:४२

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसको स्वास्थ्य उपचार सम्बन्धी बीमा हुँदैन । तर, जीवन बीमा गरेका बीमित कोरोना भाइरस वा जुनसुकै कारणबाट मृत्यु भएमा बीमा दावी भुक्तानी पाउने व्यवस्था छ । रुपन्देहीमा बीमा गरेकी एक महिनाको महिना दिन नपुग्दै कोरोना भाइरसबाट निधन भएपछि बीमक कम्पनीले झण्डै १३ लाख रुपैयाँ दावी भुक्तानी गरेको छ ।

रुपन्देही जिल्ला सिद्धार्थनगर न.पा. वडा नं. ६ निवासी बीमित आरती राईको गत बैशाख २९ गते कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको थियो । राईले २०७७ साल चैत्रको अन्तिम दिन एक लाख ६७१ रुपैयाँ तिरेर बीमा पोलिसी काटेकी थिईन् । उनले बीमा गरेको एक महिना नपुग्दै कोरोना भाइरसबाट निधन भएको थियो । बीमितको मृत्यु भएपछि जीवन बीमा बापतको रकम उनका श्रीमान जितेन्द्र बहादुर क्षेत्रीलाई बीमाङ्क रकम १२ लाख रुपैयाँ, काजक्रिया खर्च ५० हजार सहित एक वर्षको बोनस वापत् ४२ हजार रुपैयाँ गरि एकमुष्ठ रु १२ लाख ९२ हजार भुक्तानी गरेको जनाएको छ ।

सिटिजन लाइफ इन्स्योरेन्स भैरहवा शाखाले कोरोना महामारी नियन्त्रणका लागि सरकारले जारी गरेको निषेधाज्ञाकै बीमा मृतकको घरैमा पुगेर दावी भुक्तानी गरेको हो । कम्पनीले कोरोना भाइरसको संक्रमणबाट बीमितको मृत्यु भएको १६ दिनपछि दावी भुक्तानी गरेको छ । सिटिजन लाइफ भैरहवा शाखा प्रमुख गिरिजा खनालले महामारीका कारण बीमितको घरैमा पुगेर सामाजिक दुरी कायम गर्दै चेक हस्तान्तरण गरिएको बताए ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीका भैरहवा एरिया प्रबन्धक नरेश सिग्देल, भैरहवा शाखा प्रमुख गिरिजा खनाल, भलवारी शाखा प्रमुख रवि काफ्ले, एजेन्सी मेनेजर राधिका कुँवरको उपस्थितिमा मृतकका परिवारलाई सो रकम बराबरको चेक हस्तान्तरण गरिएको शाखा प्रमुख खनालले जानकारी दिए ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*