दुई बीमा कम्पनीको बुक क्लोज भोलि, आजसम्मका शेयरधनीले मात्रै लाभांश पाउने

१३ जेष्ठ २०७८, बिहीबार ०८:०५

काठमाडौं । दुई बीमा कम्पनीको बुक क्लोज मिति भोलि एकै दिन परेको छ । साधारणसभा प्रयोजनका लागि लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी र सिद्धार्थ इन्स्योरेन्स कम्पनीको बुक क्लोज मिति संयोगबश जेठ १४ गते एकै दिन परेको छ ।

जेठ २८ गते एकै दिन साधारणसभाको मिति तय गरेका दुई कम्पनीले बुक क्लोज मिति समेतत एकै दिन गरेका हुन् । दुवै कम्पनीले जेठ १४ गतेदेखि जेठ २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेका छन् । उक्त निर्णय अनुसार जेठ १३ गते अर्थात आजसम्म कायम सेयरधनीहरुले मात्र कम्पनीको लाभांश प्राप्त गर्न र साधारणसभामा सहभागी हुन पाउनेछन् ।

लुम्बिनी जनरलले आफ्नो १६औं वार्षिक साधारण सभा डिजिटल माध्यमबाट सामूहिक भिडियो कन्फ्रेन्समार्फत गर्ने जानकारी दिएको छ । सो कम्पनीले सभामा ५ प्रतिशत नगद लाभांश र ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव साधारणसभामा लैजादैछ ।

त्यसैगरी सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो १९ औँ वार्षिक साधारण सभा काठमाडौंको बबरमहलस्थित सिद्धार्थ इन्स्योरेन्स भवनमा बिहान ११ बजे भर्चुअल माध्यमबाट शुरु हुने कम्पनीले जनाएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट १२ प्रतिशत बोनस शेयर ३.७८ प्रतिशत नगद लाभांश सहित कूल १५.७८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव साधारणभा प्रस्तुत गर्ने जनाएको छ ।

दुवै कम्पनीको बुक क्लोज भोलि हुँदा आजै शेयर खरिद नगरेमा उक्त लाभांश लिन पाइने छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*