नेशनल लाइफ र महुली लघुवित्तको संस्थापक शेयर आजदेखि लिलामीमा

१३ जेष्ठ २०७८, बिहीबार ११:५१

काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको नेशनल लाइफ इन्स्योरेन्स र महुली लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर आजदेखि लिलामीमा विक्री खुला गर्ने भएको छ ।बैंकले नेशनल लाइफ इन्स्योरेन्सको ४१ हजार ८९६ कित्ता र महुली लघुवित्तको ५६ हजार २७० कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुल्ला गरेको छ ।

उक्त शेयरमा योग्य लगानीकर्ताले जेठ ३१ गतेसम्म बोलपत्र पेश गर्न सक्नेछन् ।नेशनल लाइफ इन्स्योरेन्स शेयरको न्यूनतम मूल्य ५ सय १७ रुपैयाँ र महुली लघुवित्तको ८ सय रुपैयाँ तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्ने हुन्छ ।

इन्स्योरेन्स शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्ता र महुली लघुवित्तको ५०० कित्तादेखि अधिकतममा सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । कम्पनीको लिलामी शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*