पवन खड्कालाई सूर्या लाइफको सिईओ बनाउने सञ्चालक समितिको निर्णय

१३ जेष्ठ २०७८, बिहीबार १८:०२

काठमाडौं । जीवन बीमाको आक्रामक व्यवसाय गर्ने अभियानमा रहेको सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिले युवा बीमा प्रशासक पवन कुमार खड्कालाई सिईओमा नियुक्त गर्ने निर्णय गरेको छ ।

आज विहान बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सोही कम्पनीमा हाल कामु सिइओको जिम्मेवारीमा रहेका खड्कालाई सिईओ नियुक्त गर्ने निर्णय गरेको हो । सञ्चालक समितिको निर्णयसँगै सिईओ नियुक्ती सम्बन्धी प्रक्रिया अघि बढेको छ ।कम्पनीले आज नेप्सेलाई पठाएको पत्रमा सिईओ नियुक्ती गर्ने निर्णय गरी लागि बीमा समितिमा पठाउने निर्णय गरिएको उल्लेख छ ।

छ वर्षअघि बीमा क्षेत्रमा प्रवेश गरेका खड्काले व्यवस्थापनमा स्तानतकोत्तर र बेलायतबाट चार्टर्ड एकाउन्टेन्ट कोर्स एसीसीए उत्तिर्ण छन् । सूर्या लाइफमा जानु अघि नेपाल लाइफमा काम गरेका खड्काले जीवन बीमा क्षेत्रमा अब्बल प्रशासक मानिन्छन् । बीमा समितिले स्वीकृति दिएपछि औपचारिक रुपमा सिईओमा नियुक्त हुनेछन् ।

सूर्या लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले व्यवस्थापनसँग असहमतिपछि राजिनामा दिएपछि सिईओ पद रिक्त थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*