२३ करोड लागतमा निर्माण हुँदै गरेको पुल सुनकोशीले बगायो, करोडौं बीमा दावी पर्ने

१४ जेष्ठ २०७८, शुक्रबार ०८:०३

काठमाडौं । तीन दिनदेखि परेको अविरल वर्षाको कारण ओखलढुंगा र सिन्धुलीको सीमानामा निर्माण हुँदै गरेको पक्की पुल बाढीले बगाएको छ । चुँदी कन्ट्रक्सन प्रा.लिले २३ करोड लागतमा निर्माण गर्दै गरेको सो पुल हिजो अपरान्ह सुनकोशी नदिले बगाएको हो ।

ओखलढुंगाको चम्पादेवी गाउँपालिका वडा नम्बर १ पलालु र सिन्धुलीको फिक्कल गाउँपालिका वडा नम्बर २ नवलपुरघाट जोड्ने पक्की पुल सुनकोशी नदिले बगाएको छ । ठेकेदारको लापरवाहीका कारण पुल नदिले बगाएको स्थानीयबासीले आरोप लगाएका छन् । ठेकेदारले नदिलाई आधा भन्दा बढि थुनेर राखेका थिए । उच्च बहाव हुने सुनकोशी नदिले थुनेर राखेका कारण एकै पटक बढि वहाव हुँदा पुल बगाएको हो । २१० मिटर लामो पुलको करिब ४० मिटर भाग बिहीबारको बाढीले बगाएर क्षतिग्रस्त बनाएको छ । बाढीले बगाएसँगै बीमा दावी पर्ने भएको भने बाँकी रहेको पिल्लरको सुक्ष्म परिक्षण गर्नुपर्ने भएकोले निर्माण लागत बढ्ने अनुमान गरिएको छ ।

सो पुलको निर्मार्ता कम्पनी चुँदी कन्ट्रक्सनले बीमा गराएको बुझिएको छ । यद्यपि कुन बीमा कम्पनीमा दावी पर्छ भन्ने खुलेको छैन । ठेकेदारको लापरवाहीका कारण पुल बगाएको बीमा दावी भुक्तानी के हुन्छ भनेर अहिले नै भन्न सक्ने अवस्था छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*