इ सेवाबाट बीमा शुल्क भुक्तानी गर्दा छुट अफर, अभिकर्ताले १० हजारसम्म इन्सेन्टिभ पाउने

१४ जेष्ठ २०७८, शुक्रबार १२:३४

काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाले बीमा शुल्क भुक्तानी गर्दा विशेष छुट अफर सञ्चालनमा ल्याएको छ । मेट लाइफ इन्स्योरेन्स कम्पनीसँगको सहकार्यमा सोलो र अन्य १४ वटा कम्पनीसँगको सहकार्यमा बीमा अभिकर्ता लक्षित योजना अन्तर्गत जेठ र असार महिनाभित्रमा बीमा शुल्क भुक्तानी गर्दा आकर्षक इन्टेन्सिभ दिने प्याकेज ल्याइएको इसेवाले जनाएको छ ।

कम्पनीका अनुसार मेट लाइफ इन्स्योरेन्स कम्पनीसँगको सहकार्यमा हरेक पटकको बीमा शुल्क भुक्तानीमा १०० रुपैयाँ छुट योजना सञ्चालन गरिरहेको जनाएको छ । मेट लाइफ कम्पनीको बीमा नविकरण शुल्क भुक्तानीमा १०० इन्सेन्टिभ पाइने कम्पनीले जनाएको छ । गत बैशाख २३ बाट सुरु भएको सो योजना आगामी असार मसान्तसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।

त्यसैगरी, अन्य १४ वटा बीमा कम्पनीसँगको सहकार्यमा अभिकर्ता लक्षित इन्सेन्टिभ योजना ल्याएको हो । ‘जीवन बीमा शुल्क बुझाउँदा आकर्षक नगद उपहार’ नाम दिइएको प्याकेज अनुसार प्रति कारोबार अधिकतम् १०० रुपैयाँसम्म इन्सेन्टिभ दिने व्यवस्था गरिएको इसेवाले जनाएको छ । सो कम्पनीका अनुसार मासिक १०० वा सो भन्दा बढि कारोबार गर्ने अभिकर्ताहरुले प्रति कारोबार १०० रुपैयाँका दरले इन्सेन्टिभ पाउनेछन् । उक्त टार्गेट मिट गर्ने अभिकर्ताले इन्सेन्टिभ बापत मात्रै १० हजार रुपैयाँ न्यूनतम् प्राप्त गर्नेछन् । त्यस्तै, मासिक ५० देखि ९९ वटा कारोबार गर्ने अभिकर्ताले प्रतिकारोबार ७५ रुपैयाँ र मासिक २० देखि ४९ वटा कारोबार गर्ने अभिकर्ताले प्रति कारोबार ५० रुपैयाँ इन्सेन्टिभको व्यवस्था गरिएको कम्पनीले जनाएको छ ।

इसेवाले आफ्नै तर्फबाट इन्सेन्टिभ दिन लागेको जनाएको छ । सो कम्पनीका अनुसार कोरोना महामारीको समयमा लकडाउनमा फसेका बीमित र अभिकर्तालाई बीमा शुल्क भुक्तानीमा सहजिकरणको लागि यस्तो योजना सञ्चालन गरेको हो ।

इसेवाका अनुसार नेपाल लाइफ, एलआईसी नेपाल, नेशनल लाइफ, प्राइम लाइफ, सूर्या लाइफ, सन नेपाल लाइफ, सानिमा लाइफ, रिलायन्स लाइफ, रिलायबल लाइफ, प्रभु लाइफ, महालक्ष्मी लाईफ, ज्योति लाइफ, गुराँस लाइफ, सिटिजन लाइफ, एशिनय लाइफ र मेट लाइफमा आबद्ध अभिकर्ताले यस्तो सुविधा पाउनेछन् ।

इसेवाले गत वर्ष पनि बीमा शुल्क भुक्तानीको लागि आकर्षक प्याकेज अन्तर्गत आकर्षक नगद उपहार तथा मोबाइल सेट जित्ने योजना सञ्चालन गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*