बीमा क्षेत्रमा चार खर्ब लगानी योग्य रकम थुप्रियो

१४ जेष्ठ २०७८, शुक्रबार १८:२४

काठमाडौं । सरकारले आज सार्वजनिक गरेको आर्थिक सर्वेक्षणमा नेपालको बीमा क्षेत्रमा झण्डै सवा चार खर्ब लगानी योग्य रकम रहेको देखाएको छ ।

आर्थिक सर्वेक्षण अनुसार जीवन बीमा र निर्जिवन बीमा क्षेत्रमा कूल चार खर्ब २३ अर्ब ६१ करोड रुपैयाँ लगानी योग्य रकम रहेको छ । सो मध्ये जीवन बीमा क्षेत्रमा तीन खर्ब ५९ अर्ब ६७ करोड रुपैयाँ लगानी योग्य रकम रहेको देखाइएको छ भने निर्जिवन बीमा क्षेत्रमा ६३ अर्ब ९४ करोड रुपैयाँ रहेको छ । जीवन बीमा कम्पनीहरुको जीवन बीमा कोष, जगेडा कोष तथा महाविपत्ती कोषको रकमलाई सरकारले गणना गरेर लगानी योग्य रकम निकालेको हो ।

त्यसैगरी, आर्थिक बर्ष २०७७/७८ को फागुन मसान्तसम्ममा कुल ब्यवसायको कुल वित्तीय स्रोत तथा उपयोग पाँच खर्ब ३५ अर्ब ७० करोड रुपैयाँ रहको छ । यसमध्ये जीवन बीमा गर्ने बीमकको चार खर्ब ३५ अर्ब ७० करोड रुपैयाँ रहेको छ भने निर्जिवन बीमा गर्ने बीमककको ६७ अर्ब ३४ करोड रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको तुलनमा कम्पनीको वित्तीय स्रोत तथा आय १५ प्रतिशतले बढी हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*