सरकारले श्रमजीवी पत्रकारका लागि सात लाख सम्मको दुर्घटना बीमा र बीमाशुल्कमा ५० प्रतिशत रकम बेहोर्ने

१५ जेष्ठ २०७८, शनिबार १९:००

काठमाडौं । सरकारले श्रमजीवी पत्रकारका लागि सात लाख सम्मको दुर्घटना बीमा गरी बीमाशुल्कमा ५० प्रतिशत रकम बेहोर्ने भएको छ ।सरकारले आर्थिक वर्ष २०७८/७९ को बजेट भाषणमा अर्थमन्त्री विष्णु प्रसाद पौडेलले पत्रकारहरुको लागि उक्त व्यवस्था गरेको जनाएको हो ।

त्यस्तै, उनले बजेटमार्फत आगामी साउन १ गतेदेखि नेपाल पत्रकार महासंघको सदस्य रहेका पत्रकारलाई प्रेस काउन्सिलले जारी गरेको उपचार सुविधा परिचयपत्रको आधारमा देशभित्रका सबै सरकारी स्वास्थ्य संस्थामा नि :शल्क रुपमा उपचारको व्यवस्था गरिएको जानकारी दिएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*