ओली सरकारका १३ मन्त्रीहरु हटाइए, अर्थमन्त्री पौडेलको बढुवा

२१ जेष्ठ २०७८, शुक्रबार २३:२४

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मौजुदा मन्त्रिपरिषद पुनर्गठनको क्रममा १३ जना मन्त्रीहरुलाई हटाएका छन् । हटाइएकामा २०७४ को आम निर्वाचनपछि पहिलो पटक प्रधानमन्त्री बन्दासँगै शपथ खाएका उपप्रधानमन्त्री ईश्वर पोखरेल र परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली रहेका छन् ।

उता, प्रधानमन्त्री ओलीले अर्थमन्त्री विष्णु पौडेललाई बढुवा गरेर बरिष्ठ उपप्रधानमन्त्रीमा नियुक्त गरेका छन् । आज गठन भएको मन्त्रिपरिषदको संरचना अनुसार प्रधानमन्त्री विदेश भ्रमणमा गएको अवस्थामा पौडेलले प्रधानमन्त्रीको कार्यभार पाउने छन् ।

यसैबीच, प्रम ओलीको क्याबिनेटबाट उपप्रधानमन्त्री, ९ जना मन्त्री तथा तीन जना राज्यमन्त्रीहरु बाहिरिएका छन् । बाहिरिने मध्येहरु कतिपय प्रम ओलीको आज विस्तारित मन्त्रिपरिषदसँग असन्तष्ट भएको समेत बुझिएको छ । स्रोतका अनुसार परराष्ट्र मन्त्री प्रदिप कुमार ज्ञवाली काम सरकारले मन्त्रिपरिषद विस्तार गर्नु हुँदै भन्ने पक्षमा थिए भने हृदयश त्रिपाठी राजेन्द्र महतोलाई उपप्रधानमन्त्रीमा नियुक्त गरेकोले जुनियरको मातहतमा काम नगर्ने भन्दै पुनः मन्त्री पदको शपथ खान नगएको स्रोतको दावी छ ।

प्रधानमन्त्री ओलीले झै आठ मन्त्री पद आफैसँग राखेका छन् । सो मध्ये माओवादीबाट आएका बादल समुहबाट केहीलाई मन्त्री बनाउन बाँकी छ भने माधव नेपाल समुह समेत सरकार आउन सक्ने हुँदा गृह, रक्षा, सञ्चार, वन लगायतका महत्वपूर्ण मन्त्रालय दिन प्रधानमन्त्रीसँगै राखिएको छ ।

उपप्रधान तथा अर्थमन्त्रीको पदभार ग्रहण गर्दै विष्णु पौडेल

आज हटाइएका मन्त्रीहरु
१. ईश्वर पोखरेल, उपप्रधान
२. प्रदिप ज्ञवाली, परराष्ट्र
३. हृदयश त्रिपाठी, स्वास्थ्य तथा जनसंख्या
४. भानुभक्त ढकाल, संस्कृति तथा पर्यटन
५. पद्मा कुमारी अर्याल, कृषि तथा पशुपंक्षी विकास
६. पार्वत गुरुङ, सञ्चार मन्त्री
७. डा. शिवमाया तुम्वाहाम्फे, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण
८. गणेश ठगुन्ना, संघीय मामिला तथा सामान्य प्रशासन
९. प्रेम बहादुर आले, वन तथा वातावरण
१०. जुली कुमारी महतो, महिला बालबालिका

राज्यमन्त्रीहरु
११. नवराज राउत, स्वास्थ्य तथा जनसंख्या
१२. रामबीर मानन्धन, शहरी विकास
१३. विमला विकास, उद्योग, बाणिज्य तथा आपूर्ति

One thought on “ओली सरकारका १३ मन्त्रीहरु हटाइए, अर्थमन्त्री पौडेलको बढुवा

  1. मन कुमार राेकाया, हुम्ला says:

    लुटेराहरू हटाएर नयाँ लुटेराहरू नियुक्त गरियाे । जनताले के पाए खै । यत्राे महामारीमा जनता भाेक, राेगले मरेकाे मतलव नाई तमाशा बन्द गर ए जनतामारा हाे ।

Leave a Reply to मन कुमार राेकाया, हुम्ला Cancel reply

Your email address will not be published. Required fields are marked *


*