आज यी कम्पनीका लगानीकर्ताले कमाए सर्वाधिक

३० बैशाख २०८३, बुधबार १५:१५

काठमाडौं । बुधबार नेप्से परिसूचक सामान्य अंकले घटे तापनि एशियन हाइड्रोपावरको शेयरमूल्य ११.४२ प्रतिशतले बढेको छ। त्यस्तै एसवाई प्यानलको मूल्य पनि ४.६२ प्रतिशतले बढेर प्रतिकित्ता १५५८.९० रुपैयाँ कायम भएको छ।

यस दिन हिमालयन बैंक लिमिटेड बण्ड २०८६ को ४.३४ प्रतिशत, एनआईसी एशिया ग्रोथ फण्ड–२ को ४.०९ प्रतिशत, सेन्चुरी डिबेन्चर २०८८ को ३ प्रतिशत र ९% कामना सेवा विकास बैंक डिबेन्चर २०८७ को ३ प्रतिशतले शेयरमूल्य बढेको छ।

त्यसैगरी शुभम पावरको २.९८ प्रतिशत, सानिमा ग्रोथ फण्डको २.७८ प्रतिशत र बोटलर्स नेपाल लिमिटेडको २.६९ प्रतिशतले शेयरमूल्य बढेर प्रतिकित्ता १५ हजार १९८ रुपैयाँ कायम भएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*