झिनो अंकले घट्यो नेप्से, कारोबार २ अर्ब ८० करोडमै सीमित
३० बैशाख २०८३, बुधबार १५:०६

काठमाडौं । साता कारोबारको तेस्रो दिन बुधबार नेप्से परिसूचक ४.१५ अंकले घटेर २७४०.२५ को विन्दुमा कायम भएको छ। आज जम्मा २ अर्ब ८० करोड ६१ लाख रुपैयाँको शेयर कारोबार भएको छ।
नेप्से घटेको कारण आज ११ उपसूचक राताम्मे भएका छन् भने टे«डिङ र उत्पादन तथा प्रशोधन उपसूचक ०.४७ प्रतिशतले बढेको छ। आज सबैभन्दा धेरै निर्जीवन बीमा उपसूचक ०.६१ प्रतिशतले घट्न पुगेको छ।
आज धौलागिरी लघुवित्तको शेयरमूल्य सर्वाधिक ११.१७ प्रतिशतले घटेको छ भने झापा इनर्जीको ९.४३ प्रतिशतले घटेको छ। १०% सिटिजन्स बैंक डिबेन्चर ५.७६ प्रतिशतले घट्दा रिज लाइन इनर्जीको मूल्य ४.८७ प्रतिशतले घटेको छ।












