शिखर इन्स्योरेन्समा स्वास्थ्य बीमा गर्दा कोरोना उपचार खर्च पाइने, यस्ता छन विशेषता

३० जेष्ठ २०७८, आईतवार २०:४३

काठमाडौं । मुलुककै अग्रणी बीमा कम्पनी शिखर इन्स्योरेन्स कम्पनीमा स्वास्थ्य बीमा गर्दा कोरोना रोगको उपचार खर्च पाउने भएका छन् । शिखर इन्स्योरेन्सले २०७५ साल जेठ १ गतेदेखि सुरु गरेको ‘शिखर स्वास्थ्य बीमा’ योजना अन्तर्गत कोरोना भाइरसबाट संक्रमित भई अस्पतालमा उपचार गर्नु परेको अवस्थामा सो खर्च समेत व्यहार्दै आएको कम्पनीले जनाएको छ । नौ वर्ष पहिले बि.सं. २०६८ भदौ २६ गते पहिलो बीमालेख बिक्री गरेर सुरु भएको शिखर स्वास्थ्य बीमा दुई वर्ष पहिले थप सुविधा सहित बजारमा पुनः लन्च गरिएको थियो ।

एक हजारभन्दा बढि रोगहरुको स्वास्थ्य उपचार खर्च व्यहोर्ने गरी सुरु गरेको उक्त बीमा योजना अन्तर्गत बीमितले नेपालका ६००० भन्दा बढि अस्पतालहरुमा क्यासलेसको सुविधामा उपचार सुविधा पाउने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार उक्त सुविधा नेपाल मात्रै नभएर भारतका नाम चलेका अस्पतालमा उपचार गराउँदा समेत क्यासलेस सुविधा दिइएको कम्पनीले जनाएको छ ।

शिखरमा स्वास्थ्य बीमा गरेका सबैले कोभिड–१९ को उपचार खर्च समेत पाउने कम्पनीले स्पष्ट पारेको छ । उक्त स्कीम अन्तर्गतको सुविधा पाउन कोभिड १९ बाट बिरामी भएका बीमितहरुले कम्तीमा २४ घण्टा अस्पतालमा भर्ना भई उपचार गराएको हुनुपर्ने कम्पनीले जनाएकोे छ ।

सो अवधिमा उपचारका दौरान अस्पतालमा लागेको सम्पूर्ण खर्चको भार शिखर इन्स्योरेन्सबाट प्राप्त गरेपछि बीमितहरुले राहस महसुस गरेका छन् । स्वास्थ्य बीमा पोलिसी खरिद गरेका बीमितहरुले दुई लाख देखि २० लाखसम्मको उपचार खर्च पाउने सुविधा भएको शिखर इन्स्योरेन्सको स्वास्थ्य बीमा पोलिसीमा कोभिड उपचार खर्चको लागि न्यूनतम् ५० हजारदेखि १० लाख रुपैयाँसम्मको उपचार खर्चको सीमा तोकिएको छ ।

सुरुमा नेपाल र भारतका चार हजारभन्दा बढि अस्पतालमा उपचार सुविधा पाउने व्यवस्था गरेको शिखर इन्स्योरेन्स कम्पनीले हाल सेवा विस्तार गरी छ हजारभन्दा बढि अस्पताललाई आवद्ध गरिसकेको छ । निर्जीवन बीमा कम्पनीमै सबैभन्दा पहिला नेपालमा स्वास्थ्य बीमा सुरु गरेको शिखर इन्स्योरेन्सले हाल १ हजारभन्दा बढी रोग लाग्दा त्यसको उपचार खर्च व्यहोर्ने गरी बीमा पोलिसी बिक्री गर्दै आएको छ ।

शिखरको स्वास्थ्य बीमा उद्योगकै सर्वाधिक तथा धेरै रोगलाई समेटिएको पहिलो स्वास्थ्य बीमा योजना पनि हो । यो स्किममा व्यक्तिगत बीमाअन्तर्गत न्यूनतम ५० हजारदेखि १० लाख रुपैयाँसम्मको सुविधा पाइन्छ, भने ५० हजारदेखि २० लाखसम्म पारिवारिक बीमा र सामूहिक तथा संस्थागत बीमा गर्दा ५० हजारदेखि १० लाख रुपैयाँसम्मको उपचार सेवा पाइने कम्पनीले जनाएको छ ।

यस्तै, संस्थागत सामूहिक बीमा गर्न कम्तीमा ५० जना कर्मचारी भएको संस्था तथा समूहलाई मान्यता दिइने कम्पनीले जनाएको छ । तीन महिने नाबालकदेखि ७० वर्षसम्मका सर्वसाधारणले शिखर स्वास्थ्य बीमा पोलिसी खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*