सानिमा जनरल इन्स्योरेन्सको तेस्रो साधारण सभा असार २३ गते, के-के छन् एजेण्डाहरु ?

२ असार २०७८, बुधबार ११:५७

काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सको बिषम परिस्थितका कारण स्थगित गरेको तेस्रो साधारण सभा असार २३ गते बोलाएको छ। कम्पनीको असार १ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय गरेको हो ।

उक्त स्थगित सभा असार २३ गते कम्पनीको केन्द्रीय कार्यालय, कमलादी, काठमाडौंमा बिहान १०ः३० बजे भर्चुअल माध्यमबाट सुरु हुने भएको छ। यसअघि कम्पनीले जेठ ११ गते साधारणसभा आह्वान गरेको छ।

उक्त सभामा आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष ७७÷७८ को लागि बाह्य लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने मुख्य एजेण्डा रहेको छ। साथै, सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट संचालक समितिमा प्रतिनिधित्व गर्ने २ जना संचालकको निर्वाचन गर्ने प्रस्ताव पनि रहेको छ ।

साधारणसभा प्रयोजनको लागि कम्पनीले वैशाख २९ देखि जेठ ११ गतेसम्म बुक क्लोज गरेको छ । वैशाख २८ गतेसम्म कायम शेयरधनीले मात्र साधारणसभा सभामा सहभागि हुन पाउनेछन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*