शिखर इन्स्योरेन्स कम्पनीको संस्थापक र सर्वसाधारणको शेयर स्वामित्व परिमार्जन

२ असार २०७८, बुधबार १५:४३

काठाडौं । शिखर इन्स्योरेन्स कम्पनीले संस्थापक र सर्वसाधारण समूहको शेयर स्वामित्वमा परिमार्जन गरेको छ।कम्पनीले झन्डै १६ लाख कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण गर्दै शेयर स्वामित्व परिमार्जन गरेको हो। शेयर स्वामित्व परिमार्जन गर्न कम्पनीले १५ लाख ८२ हजार ६७१ कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण गरेको हो ।

संस्थापक सेयर सर्वसाधारण सेयरमा रुपान्तरण गर्दै शेयर स्वामित्व परिमार्जन भएसँगै अब कम्पनीमा संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत सेयर स्वामित्व कायम भएको छ।

कम्पनीले  वार्षिक साधारणसभाबाट संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत सेयर स्वामित्व कायम गर्ने विशेष प्रस्ताव पारित गरेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*