सर्भेयरलाई सूचिकृत हुन शिखर इन्स्योरेन्सको सूचना

३ असार २०७८, बिहीबार १८:१८

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले विभिन्न सम्पत्तिहरुको क्षति मूल्याङ्कनको लागि सर्भेयरहरुलाई सूचिकृत हुन आह्वान गरेको छ । शिखर इन्स्योरेन्स कम्पनीले गत जे २४ गते जारी सूचना अनुसार यही असार २८ गतेसम्म आवेदन दिने समय तोकिएको छ ।

कम्पनीमा परेको दावीहरुको क्षति सर्वेक्षण तथा मूल्याङ्कनको लागि बीमा समितिबाट लाइसेन्स प्राप्त सर्भेयरहरुलाई सूचिकृत हुन आह्वान गरेको हो । शिखर इन्स्योरेन्स कम्पनीले नियुक्त गरेको ८२ जना सर्भेयरको म्याद गत असार मसान्तमा सकिएको थियो । कम्पनीले आगामी साउनदेखि काममा लगाउने गरी नयाँ प्रस्ताव आह्वान गरेको हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*