जनरल इन्स्योरेन्स चौथौ बर्षमा प्रवेश, थप परिस्कृत भएर काम गर्ने प्रतिवद्धता

६ असार २०७८, आईतवार १२:२३

काठमाडौं । जनरल इन्स्योरेन्सले आफ्नो स्थापनाको तेस्रो वर्ष पुरा गरी चौथौे वर्षमा प्रवेश गरेको छ । इन्स्योरेन्स कम्पनीले सो अवसरमा रक्तदान कार्यक्रम आयोजना गरेको छ । वार्षिकोत्सवको अवसर पारी कम्पनीले रेडक्रस सोसाइटीसँग सहकार्य गरी रक्तदान कार्यक्रम गर्ने भएको हो ।

कम्पनीले उक्त कार्यक्रम प्रधान कार्यालय स्थीत हात्तिसार, काठमाण्डौमा गर्ने भएको छ । कार्यक्रममा कम्पनीका कर्मचारी एवं अन्य सहभागी समेत रही रक्तदान दिने कार्यक्रम रहेको कम्पनीले बीमा पोष्टलाई जानकारी दिएको छ। कम्पनीले चन्दगिरिस्थित मातातिर्थ वृद्धाआश्रम समितिमा पनि रासन साम्रागी वितरण गरेको छ।

कम्पनीले हरेक क्षणमा मार्गनिर्देशन गर्ने नियामक निकाय, शेयरधनीलाई हार्दिक कृतज्ञता व्यक्त गर्दै आगामी दिनहरुमा अझै गुण्स्तरीय आधुनिक, दिगो एवं विश्वस्नीय सेवा प्रदान गर्दै जाने र थप परिस्कृत भएर काम गर्ने प्रतिवद्धता व्यक्त गरेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*