प्रुडेन्सियल इन्स्योरेन्सको वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित

६ असार २०७८, आईतवार १५:०८

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीको १९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा होटेल ईच्छा सिमरा, बारामा सम्पन्न भएको हो ।सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्ष विशाल अग्रवालद्धारा प्रस्तुत आर्थिक वर्ष २०७६/७७ को वार्षिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।

सभाले ८.५ बोनस शेयर र ० दशमलव ४२ कर प्रयोजनार्थ नगद लाभांश दिने प्रस्ताव सर्व सम्मतिबाट पारित गरेको छ । साविक १ अर्ब २ करोड ६४ लाख ३२ हजार चुक्ता पूँजीबाट बोनश शेयर शेयर पश्चात कम्पनीको चुक्तापूँजी १ अर्ब १० करोड ८५ लाख ४६ हजार ५ सय ६० हुनेछ ।

उक्त सभाबाट कम्पनीको संस्थापक समूह ख अन्तर्गत दुईू जना सञ्चालकहरुको निर्वाचन सम्पन्न गरेको छ । जसमा संचालक शैलेष संघई, र अनिता रायमाझी टण्डन निर्विरोध निर्वाचित भएका छन । सञ्चालकहरुलाई निर्वाचन अधिकृतले पद तथा गोपनियताको सपथ ग्रहण समेत गराएका छन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*