जीवन बीमाको व्यवसायमा उल्लेख्य वृद्धि, निर्जिवनको १९.९ प्रतिशतले मात्र बढ्यो

६ असार २०७८, आईतवार १७:४३

काठमाडौंं । चालु आर्थिक बर्षको १० महिनाको सम्रग बीमा व्यवसाय ४७ दशमलव ७ प्रतिशतले वृद्धि भएको छ।अर्थमन्त्रालय अन्तर्गतको आर्थिक निति विश्लेषण महाशाखाले सार्वजनिक गरेको बुलेटिनमा चालु आर्थिक बर्षको बर्षको बैशाख मसान्तसम्ममा बीमा प्रिमियम संकलन अघिल्लो आर्थिक बर्षको सोहि अवधिको तुलनामा ४७ दशमलव ७ प्रतिशतले वृद्धि भएर १ खर्ब २३ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक बर्षमा यस्तो संकलन ८३ अर्ब ६२ करोड रुपैयाँ रहेको थियो ।

अर्थमन्त्रालयले उपल्बध गराएको तथ्याङ्क अनुसार यस अवधिमा बीमा प्रिमियम संकलनमा जीवन बीमा र निर्जिवन बीमा तर्फको हिस्सा क्रमश : ८० दशमलव १ प्रतिशत र १९ दशमलव ९ प्रतिशत रहेको छ । अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा कम्पनीको हिस्सा क्रमश ७५ दशमलव ४ प्रतिशत र २४ दशमलव ६ प्रतिशत हिस्सा रहेको थियो ।

चालु आर्थिक बर्षको बैशाख महिनासम्म जारी भएको कुल बीमालेख सङख्यामा अघिल्लो आर्थिक बर्षको सोहि अवधिको तुलनामा ८ दशमलव ८ प्रतिशतले वृद्धि भई १ करोड ७ लाख ७९ हजार १ सय ७२ पुगेको छ। जसमध्ये जीवनबीमालेख र निर्जिवन बीमालेखको हिस्सा क्रमश ः ७७ दशमलव ७ प्रतिशत र २२ दशमलव १ प्रतिशत रहेको छ ।

अघिल्लो आर्थिक बर्षको बैशाख मसान्तसम्ममा यस्तो हिस्सा क्रमश :८२ दशमलव ३ प्रतिशत र १७ दशमलव ७ प्रतिशत रहेको थियो । चालु आर्थिक बर्षमा बैदेशिक बीमालेख सङख्या १९ दशमलव ७ प्रतिशतले कमी आएको छ।

त्यस्तै, चालु आर्थिक बर्षको फागुण मसान्तसम्ममा वैदेशिक रोजगार बीमालेख समेत समावेश गर्दा बीमाको दायरामा आएको जनसङख्या २६ दशमलव ४ प्रतिशत रहेको छ। अघिल्लो आर्थिक बर्षको सोहि अवधिमा यस्तो सङख्या २५ दशमलव ८ प्रतिशत रहेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*