झापाको शिवसताक्षी नगरपालिकाद्धारा १६० घर परिवार कृषकको निःशुल्क पशु बीमा

७ असार २०७८, सोमबार १५:०७

काठमाडौं । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ६ मा ‘एक घर एक पशु बीमा’ अभियान संचालन गरिएको छ । उक्त नगरपालिका नगरपालिका–६ ले १६० घर परिवार कृषकको निःशुल्क पशु बीमा गरिदिएको हो । उक्त बीमा एनएलजी इन्स्योरेन्स कम्पनी मार्फत गराएको हो ।

उक्त वडाका वडाध्यक्ष मनोज कार्कीका अनुसार वडाका बासिन्दाहरुको व्यवसायिक पशुपालनबाट आयआर्जन बृद्धि गराउन सहयोग पुयाउने उद्देश्यले पशुको बीमा गर्ने अभियान ल्याएको हो ।

किसानले पालेको गाई, भैँसी, बाख्रा, बङ्गुरलगायतका निःशुल्क पशुको बीमा गरिरहेको र बीमा गरेवापतको सबै रकम बीमा कम्पनीलाई वडाले भुक्तानी दिने कार्कीले बताए । साथै सो वडाको अधिकांश घरमा उन्नत जातका गाई लगायतका पशुहरु रहेकाले पशु बीमा अभियान ल्याएको उनले जानकारी दिए ।

वडाले आह्वान गरेको सूचना र किसानले दिएको निवेदनका आधारमा १६० घर परिवारको पशुको बीमा गरिएको हो । आगामी आउने वर्ष पनि किसानलाई हौसला र उत्साद प्रदान गर्न यस्तो अभियानलाई निरन्तरता दिने कार्कीको भनाइ छ ।

कम्पनीको विर्तामोड शाखाका डेभलपमेन्ट अफिसर लक्ष्मीप्रसाद नेपालले वडाले चलाएको यस अभियानप्रति कृषकहरु हर्षित भएको उनले बीमापोष्टलाई जानकारी गराए ।

उनले अझै २ दिनसम्म पशु प्राविधिक प्रेम बहादुर पौडेलसँग पशुपन्छीको अनुगमन भईरहेको बताए । दाबीको समयमा पनि कम समयमै भुक्तानी गर्न पाए अझै कृषककको आत्मविश्वास जित्न सक्ने हुँदा कम्पनी यसप्रति सकारात्मक भएको बताए । कम्पनीका अनुसार पशु बीमा गरेपछि एक वर्षभित्र पशु दुर्घटना तथा रोग लागेर मरेमा बीमाङ्कको ९० प्रतिशत रकम कम्पनीले किसानका घरमै पुगेर भुक्तानी दिने छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*