एशियन लाइफको एक लाख ६६ हजार कित्ता शेयर लिलाम सकार्ने भोलि अन्तिम दिन

८ असार २०७८, मंगलवार ०७:११

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर खरिद गर्न चाहने लगानीकर्ताहरुको लागि भोलि अन्तिम अवसर हो । महालक्ष्मी विकास बैंकको स्वामित्वमा रहेको एक लाख ६६ हजार ५७५ कित्ता शेयर लिलाम सकार्ने भोलि असार ९ गते सम्म आवेदन दिने म्याद तोकिएको छ ।

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार भोलि अपरान्ह ३ः०० बजेसम्म सिद्धार्थ क्यापिटलको केन्द्रीय कार्यालय नारायणचौर नक्सालमा लिलामीको शेयर खरिदका लागि आवेदन दिन पाउनेछन् ।

न्यूनतम मूल्य ६२८ रुपैयाँ तोकेर लिलामीमा राखिएको संस्थापक शेयरका लागि सर्वसाधारण जोसुकैले खरिद गर्न पाउने छन् । न्यूनतम् १०० कित्ता र अधिकतम् सम्पूर्ण कित्ता शेयरका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

उक्त लिलाम बढाबढ यही असार १० गते विहान १०ः०० सिद्धार्थ क्यापिटलको केन्द्रीय कार्यालय नारायणचौर नक्सालमा खोलिने कम्पनीले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*