२० प्रतिशत लाभांश दिने नेपाल पुनर्बीमा कम्पनीको घोषणा, १६.५ प्रतिशत बोनस शेयर

८ असार २०७८, मंगलवार १०:४४

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले आफ्ना शेयरधनीहरुलाई २० प्रतिशतको बम्पर लाभांश दिने घोषणा गरेको छ ।

हिजो साँझ बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २ ०७६।०७७ मा आर्जित मुनाफा तथा शेयर प्रमियमबाट सो लाभांश दिने घोषणा गरेको हो । कम्पनीले उक्त लाभांश नेपाल सरकारबाट स्वीकृत भई, बीमा समितिबाट समेत अनुमति पाएपछि आगामी बार्षिक साधारणसभाबाट पारित भएपछि मात्रै शेयरधनीहरुले पाउनेछन् ।

सञ्चालक समितिले कम्पनीको चुक्ता पूँजीको १० अर्बको १६.५० प्रतिशत एक अर्ब ६५ करोड रुपैयाँ बराबरको एक करोड कित्ता बोनस शेयर र सोको कर प्रयोजनार्थ ३.५० प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण प्रस्ताव गरेको हो । कम्पनीले बुक क्लोज मिति घोषणा गरेको छैन ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*