रिलायबल नेपाल लाइफको आईपिओ १०० रुपैयाँमा नपाइने, २१२ रुपैयाँ प्रिमियम मूल्यमा आईपिओ जारी गर्ने प्रक्रिया अघि बढ्दै

८ असार २०७८, मंगलवार ११:२५

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको आईपिओ अन्य कम्पनीको जस्तो १०० रुपैयाँ प्रतिकित्ताको दरले नपाइने भएको छ । सो कम्पनीको यही असार ४ गते सम्पन्न भएको साधारणसभाले प्रिमियम मूल्यमा आईपिओ जारी गर्ने प्रस्ताव गरेसँगै कम्पनीको शेयर १०० रुपैयाँ प्रतिकित्ताको दरमा नपाइने भएको हो ।

रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गत असार ४ गते सम्पन्न भएको साधारणसभाबाट प्रिमियम मूल्यमा आईपिओ जारी गर्ने प्रस्ताव अघि सारेको कम्पनीका एसिस्टेन्ट जनरल म्यानेजर दिपेश बाबुर तिवारीले बीमा पोष्टलाई जानकारी गराए । उनले भने, ‘तीन वर्षदेखि लगातार मुनाफामा गएको, क्रेडिट रेटिङमा औषतभन्दा माथि रहेकोले प्रिमियम मूल्यमा शेयर जारी गर्ने प्रस्ताव पारित भएको छ । क्रेडिट रेटिङ सम्पन्न भइसकेको छ, बाँकी प्रक्रिया अघि बढेको छैन ।’

प्रिमियम मूल्यमा आईपिओ जारी गर्ने भएपछि सो कम्पनीको शेयर प्रतिकित्ता १०० रुपैयाँमा पाइने छैन । धितोपत्र बोर्ड नियमावली अनुसार प्रतिकित्ता नेटवर्थ मूल्यको दोब्बर रुपैयाँसम्म शेयर प्रिमियम मूल्य राख्न पाइने व्यवस्था छ । हाल प्रतिकित्ता नेटवर्थ १०६ रुपैयाँ रहेको कम्पनीको शेयर प्रिमियम मूल्य २१२ रुपैयाँसम्म हुने अनुमान गरिएको छ ।

कम्पनीका एक अधिकारीले सोही व्यवस्था अनुसार शेयर प्रिमियम मूल्य २१२ रुपैयाँ प्रतिकित्ता कायम गरेर धितोपत्र बोर्डमा प्रक्रिया अघि बढाउने सम्बन्धमा छलफल भएको जानकारी दिए । कम्पनीले बोर्डमा प्रक्रिया अघि बढाउन बाँकी रहेकोले अहिले २१२ रुपैयाँ फाइनल मूल्य भने होइन ।

One thought on “रिलायबल नेपाल लाइफको आईपिओ १०० रुपैयाँमा नपाइने, २१२ रुपैयाँ प्रिमियम मूल्यमा आईपिओ जारी गर्ने प्रक्रिया अघि बढ्दै

  1. Hem Raj Basnet says:

    Good

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*