दुई जीवन बीमा कम्पनीसहित तीन कम्पनी आइपीओ निष्काशनको लागि बोर्डमा

८ असार २०७८, मंगलवार १७:५४

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा तीन कम्पनीले आइपीओ निष्काशनको लागि आवेदन दिएका छन् । बोर्डमा दुई बीमा कम्पनी सहित एक लघुवित्तले आइपीओ निष्काशनका लागि आवेदन दिएका हुन् ।

आईपीओ निष्काशनको लागि सानिमा लाइफ इन्स्योरेन्स कम्पनी, आइएमई लाइफ इन्स्योरेन्स र नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्थाले नियामक निकाय धितोपत्र बोर्डमा निवेदन दिएका हुन् ।

सानिमा लाइफले गत जेठ ९ गते र आइएमई लाइफले गत जेठ ३१ गते धितोपत्र बोर्डमा ६०/६० लाख कित्ता आईपीओ निष्काशन गर्नका लागि निवेदन दिएका हुन् ।त्यस्तै नेष्डो लघुवित्तले असार ६ गते आइपीओ निष्काशनको लागि आवेदन दिएको हो ।

आइएमई लाइफ इन्स्योरेन्सले आईपीओ निष्कासनको लागि विक्री प्रबन्धकमा सिभिल क्यापिटल मार्केट र सानिमा लाइफ इन्स्योरेन्सले विक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई यसअघि नै नियुक्त छ भने नेष्डो लघुवित्तले ग्लोबल आइएमई क्यापिटल नियुक्त गरिसकेको छ।

त्यसैगरी नेष्डो समृद्धि लघुवित्त वित्तीय संस्थाले ८ लाख २८ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्नका लागि धितोपत्र बोर्डमा गत असार ६ गते निवेदन दिएको छ । उक्त कम्पनीको विक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ ।

नेपाल धितोपत्र बोर्डमा अन्य १७ कम्पनीको आईपिओ निष्काशन सम्बन्धी प्रक्रिया बाँकी रहेको भएपनि पछिल्लो पटक बोर्डमा दुई बीमा कम्पनीसहित तीन कम्पनी पुगेका हुन् । अन्य कम्पनीहरुको आईपिओ स्वीकृत हुन समय लाग्ने भएपछि उल्लेखित तीन कम्पनीले भने असार महिनाभित्रैमा आईपिओको अनुमति पाउने सम्भावना छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*