४४ नम्बर ब्रोकरबाट नेपाल पुनर्बीमा कम्पनी २३ करोडको शेयर बिक्री, फ्लोरसिटमा यस्तो देखियो कारोबार

८ असार २०७८, मंगलवार १८:१८

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको हिजो बसेको बैठकले शेयरधनीहरुका लागि २० प्रतिशत लाभांश प्रस्ताव गरेसँगै कम्पनीको शेयर खरिद बिक्रि ह्वात्तै बढेको छ । नेप्सेमा सो कम्पनीको आज सार्वधिक कारोबार भएको छ । कम्पनीको आज एकैदिन एक अर्ब ४९ करोडमाथिको शेयर कारोबार भएको कम्पनीको फलोरसिटले देखाएको छ ।

मार्केट डेप्थका अनुसार आज कम्पनीको शेयर १ दशमलव ४३ अंकले बढेर १ हजार ७ सय ७९ रुपैयाँमा अन्तिम कारोबार भई बन्द भएको छ । हिजोको तुलनामा कम्पनीको शेयर २६ रुपैयाँले बढेको हो । यद्यपि दिनभरि कारोबार हुँदा ५८ रुपैयाँले समेत मूल्यबृद्धि भएको थियो ।

कम्पनीको फलोरसिट अनुसार शेयर आज ३४ नम्बर ब्रोकरबाट सबैभन्दा धेरै कारोबार भएको छ । सो कम्पनीबाट १० करोड ८१ लाख रुपैयाँको काराबोर भएको छ । त्यस्तै, ४५ नम्बर ब्रोकरबाट नौ करोड ६६ लाख रुपैयाँ, ३८ नम्बर ब्रोकरबाट ८ करोड ३ लाख रुपैयाँ, ५७ नम्बर ब्रोकरबाट ६ करोड ७८ हजार रुपैयाँ, ४२ नम्बर ब्रोकरबाट ४ करोड ६४ लाख रुपैयाँ, ५८ नम्बर ब्रोकरबाट ४ करोड ६३ हजार रुपैयाँ, २८ नम्बर ब्रोकरबाट ४ करोड ५४ लाख रुपैयाँ, ४१ नम्बर ब्रोकरले ३ करोड ७० लाख रुपैयाँ र ४८ नम्बर ब्रोकरले ३ करोड ५४ लाख रुपैयाँको शेयर खरिद भएको छ ।

त्यस्तै, ४४ नम्बर ब्रोकरबाट २३ करोड २४ लाख रुपैयाँको शेयर बिक्री भएको छ । त्यस्तै, ५८ नम्बर ब्रोकरबाट २१ करोड ६८ लाख रुपैयाँ, २५ नम्बर ब्रोकर ८ करोड ५६ लाख रुपैयाँ, ३८ नम्बर ब्रोकरबाट ७ करोड ४२ लाख रुपैयाँ, ३६ नम्बर ब्रोकरबाट ६ करोड २९ लाख रुपैयाँ, ४५ नम्बर ब्रोकरबाट ६ करोड १४ लाख रुपैयाँ, ४९ नम्बर ब्रोकरबाट ५ करोड ८२ लाख रुपैयाँ, ५९ नम्बर ब्रोकरबाट ४ करोड ९० लाख रुपैयाँ, ४८ नम्बर ब्रोकरबाट ४ करोड ५८ लाख रुपैयाँ र ४ नम्बर ब्रोकरबाट ४ करोड ४७ लाख रुपैयाँ बराबरको शेयर बिक्री भएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*