एशियन लाइफ इन्स्योरेन्सको संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन

९ असार २०७८, बुधबार ०७:३१

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको संस्थापक शेयर खरिद गर्ने आज अन्तिम दिन रहेको छ। महालक्ष्मी विकास बैंकको स्वामित्वमा रहेको एक लाख ६६ हजार ५७५ कित्ता शेयर लिलामी गर्ने आज अन्तिम दिन हो ।

न्यूनतम मूल्य ६२८ रुपैयाँ तोकेर लिलामीमा राखिएको संस्थापक शेयरका लागि सर्वसाधारण जोसुकैले खरिद गर्न पाउने छन् । न्यूनतम् १०० कित्ता र अधिकतम् सम्पूर्ण कित्ता शेयरका लागि आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलका अनुसार आज अपरान्ह ३ः०० बजेसम्म सिद्धार्थ क्यापिटलको केन्द्रीय कार्यालय नारायणचौर नक्सालमा लिलामीको शेयर खरिदका लागि आवेदन दिन पाउनेछन् ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*