जनरल इन्स्योरेन्स कम्पनीका संचालक अग्रवालको निलम्बन फुकुवा

८ असार २०७८, मंगलवार १९:१५

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीका संचालक दिपेन्द्र अग्रवाललाई बीमा समितिले निलम्बन फुकुवा गरेको छ।बीमा समितिले गत बैशाख ३ गते अग्रवाललाई निलम्बन गरेको थियो । आज उनलाई बीमा समितिले सफाइ दिने निर्णय गरेको हो ।

समितिले गत चैतमा कम्पनीको स्थलगत निरिक्षणका क्रममा अग्रवालले लगानी समितिको संयोजकका हैसियतले विभिन्न अनियमितता भएको भन्दै संचालक अग्रवालको निलम्बन फुकुवा गरेको हो ।

समितिले स्थलगत निरिक्षणका क्रममा बीमकको लगानी निर्देशिकामा कुल टेक्निकल रिजर्भको १० प्रतिशतभन्दा कम नेप्सेमा सूचिकृत कम्पनीको साधारण सेयरमा लगानी गर्न पाउने व्यवस्था रहेकोमा कम्पनीले उक्त रिजर्भको १५५ प्रतिशतसम्म लगानी गरेको, संस्थागत सुशासन निर्देशिकामा बीमकले आफ्ना प्रवद्र्धक कम्पनीको सेयर किन्न नपाउने व्यवस्था गरेकोमा त्यस विपरित गोर्खा फाइनान्स, सिभिल बैंक लगायत आफै संस्थापक सेयरधनी रहेका कम्पनीको साधारण शेयरमा लगानी गरेको लगायतको आरोप लगाएको थियो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*