१० लाखको बीमा गरेका माधव प्रसादका आफन्तले एशियन लाइफबाट बुझे २१ लाख ६७ हजार रुपैयाँ

८ असार २०७८, मंगलवार २३:४८

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको कालिकोट शाखाले बीमित माधव प्रसाद न्यौपानेको निधनपछि आश्रित श्रीमतीलाई २१ लाख ६७ हजार रुपैयाँ बीमा दावी भुक्तानी गरेको छ ।

कम्पनीले बीमित न्यौपानेको दुर्घटनामा निधन पश्चात सो रकम दावी भुक्तानी गरेको हो । साथै निजकी छोरी रचना न्यौपानेलाई मासिक ९००० रुपैयाँको शिक्षा खर्च बापतको रकम समेत हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।

मंगलबार जिल्ला प्रशासन कार्यालय कालिकोटमा आयोजित कार्यक्रममा प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद आचार्य र कालिकोट उप–शाखाका प्रमुख जन्मदेव बरालले मृतक माधव न्यौपानेका श्रीमती बसन्ता न्यौपानेलाई २१ लाख ६७ हजारको चेक हस्तान्त्रण गरेका हुन् ।

कालिकोट खाडाचक्र बजारमा कर्णाली एग्रोभेटका सञ्चालक व्यवसायी माधव न्यौपानेले तीन वर्ष पहिलो १५ वर्ष अवधीको १० लाख बीमाङ्कको नवरत्न जीवन बीमा गरेका थिए । कम्पनीले बीमाङ्क रकम १० लाखमा थप १० लाख दुर्घटन मृत्यु बापत र तीन वर्षको बोनस एक लाख ६७ हजार रुपैयाँ समेत गरी कूल २१ लाख ६७ हजार रुपैयाँ दावी भुक्तानी गरेको हो ।

त्यस्तै, मृतक माधव न्यौपानेकी छोरी रचना न्यौपानेको तीन लाख बीमाङ्कको बाल भविष्य बीमा पोलिसी समेत रहेकोमा प्रस्तावको मृत्यु भएकोले त्यसको एक प्रतिशत शिक्षा खर्च बापत पाउने गरी प्रति महिना तीन हजारका दरले छोरी रचना न्यौपानेलाई समेत चेक हस्तान्त्रण गरिएको कम्पनीले जनाएको छ ।

रचना न्यौपानेले १६ बर्ष नपुगेसम्म प्रति महिना तीन हजार शिक्षा खर्च पाउने छिन् भने उनले तिर्नुपर्ने बार्षिक किस्ता २१ हजार पाच सय ५ अब कम्पनीले नै भुक्तानी गरिदिनेछ ।

चेक हस्तान्त्रण गर्दै प्रमुख जिल्ला अधिकारी कृष्ण आचार्यले नेपालीका लागि जीवन बीमाले ठूलो सहयोग पुग्ने बताए ।
प्रजिअ आचार्यले बीमाबारे गाउँ गाउँमा जनचेतना पुगेकोमा खुशी व्यक्त गर्दै अझै व्यापक बनाउनुपर्ने बताए । उनले पशुधन, घर र बाली समेतको बीमा गर्ने प्रचलन बढ्दै गएकोमा खुशी व्यक्त गरेका छन् । कार्यक्रममा उद्योग बाणिज्य संघका अध्यक्ष रतन शाही एशियन लाइफका कालिकोट उप–शाखा प्रमुख जन्मदेब बराल र कार्यालय सहायक धन बहादुर भन्डारीले सक्दो मेहनत गरेर बीमितलाई दावी भुक्तानी गराउने काम सम्पन्न गरिएको बताए ।

One thought on “१० लाखको बीमा गरेका माधव प्रसादका आफन्तले एशियन लाइफबाट बुझे २१ लाख ६७ हजार रुपैयाँ

  1. राजु साह says:

    एशियन लाइफ इन्स्योरेन्स कम्पनीमा बिमा गराउन वा एजेन्सी लिई काम गर्ने इच्छुक व्यक्ति 9816231778 मा सम्पर्क गर्नुहोस।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*