सगरमाथा इन्स्योरेन्सको ११ प्रतिशत लाभांश प्रस्ताव बीमा समितिबाट स्वीकृत

९ असार २०७८, बुधबार ११:३९

काठमाडौं । सगरमाथा इन्स्योरेन्सले प्रस्ताव गरेको बोनश शेयर तथा नगद लाभांश वितरण सम्बन्धी प्रस्तावन नियामक निकाय बीमा समितिले स्वीकृत गरेको छ ।

कम्पनीले आव २०७६/०७७ मा आर्जित मुनाफाबाट कम्पनीको हाल कायम चुक्ता पूँजीको ११ प्रतिशत बोनस शेयर तथा ०.५७ प्रतिशत नगद (बोनस शेयरमा लाग्ने कर प्रयोजनार्थ) लाभांश वितरणको प्रस्ताव हिजो असार ८ गते बीमा समितिबाट स्वीकृत भएको कम्पनीले जनाएको छ ।

साथै कम्पनीको असार ८ गते मंगलबार प्रधान कार्यालयमा बसेको सञ्चालक समितिको ३०१ औं बैठकले असार ३० गते कम्पनीको २४ औं साधारणसभामा उक्त प्रस्ताव पेश गर्ने निर्णय गरेको कम्पनी सचिव विश्वनाथ अधिकारीले जनाएका छन् ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*