एभरेष्ट इन्स्योरेन्सको सिईओमा कमल गौतम दोहोरिदै, बीमा समितिबाट स्वीकृत हुन बाँकी

९ असार २०७८, बुधबार १३:०२

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत सिईओमा कमल गौतम दोहोरिने भएका छन् । सो कम्पनीको सञ्चालक समितिले सिईओ गौतमलाई दोस्रो कार्यकालको लागि बीमा समितिमा स्वीकृतिका लागि पठाएको छ । बीमा समितिबाट अबको केही दिनमा स्वीकृत हुने स्रोतले जनाएको छ ।

यसअघि नै सिईओ बनेर दोस्रो कार्यकालका लागि पुनः नियुक्तीको लागि अनुमति मागेकोले गौतमको फाइल स्वीकृत हुने लगभग निश्चित जस्तै देखिएको छ । नेपालको बैंकिङ क्षेत्रमा लामो समय काम गरेका गौतमले बीमा क्षेत्रमा समेत चार वर्ष बिताईसकेका छन् । पछिल्लो समय रक्षात्मक बीमा व्यवसाय अघि बढाइरहेको एभरेष्ट इन्स्योरेन्स कम्पनीले नयाँ रणनीतिका साथ अघि बढ्ने सिईओ गौतमले बताए ।

नेपाल ग्रिन्डलैज बैंकबाट बैंक वित्तीय क्षेत्रमा प्रवेश गरेका गौतम हिमालयन बैंक, एनआईसी एसिया बैंक, नेपाल बंगलादेश बैंकसहितका आधा दर्जन बैंक हुँदै एभरेष्ट इन्स्योरेन्समा पछिल्लो चार वर्षदेखि सिईओमा कार्यरत छन् । उनको कार्यकाल यही असार १५ गते सकिदैछ ।

एभरेष्ट इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिको बैठकले गौतमको कार्यकाल थप गर्ने निर्णय गरेपछि यही असार २ गते बीमा समितिमा स्वीकृतिका लागि पेश गरेको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*