राष्ट्रिय बीमा संस्थानको प्रमुख प्रशासकमा कवि पाठक पुन: नियुक्त

९ असार २०७८, बुधबार १८:३२

काठमाडौं । सरकारले राष्ट्रिय बीमा संस्थानको प्रमुख प्रशासकमा कवि पाठकलाई पुन नियुक्त गरेको छ । यही असार ७ गते बसेको मन्त्रिपरिषदको बैठकले पाठकलाई संस्थानको प्रमुख प्रशासकमा पुनः नियुक्ती गरेको हो ।

पाठकलाई आगामी चार वर्षका लागि प्रमुख प्रशासकमा नियुक्त गरेको हो । गत जेठ ६ गतेदेखि कार्यकाल सकिएर घरमा बसेका पाठकलाई एक महिनापछि पुनः नियुक्त गरेको हो । पाठकले आजबाट कार्यभार सम्हालेको जनाएका छन् ।

बीमा संस्थान नेपाल सरकारको लगानीमा सञ्चालित तथा बीमा संस्थान ऐनद्वारा संगठित संस्था भएकोले बीमा समितिबाट स्वीकृति लिनु नपर्ने व्यवस्था छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*