सन नेपाल लाइफ इन्स्योरेन्सद्धारा १० लाख ४३ हजार रुपैयाँको बीमा दाबी भुक्तानी

१० असार २०७८, बिहीबार १३:०५

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीको शाखा कार्यालय बुर्तिबाङले ढोरपाटन नगरपालिका वडा नम्बर ९ बोबाङकी स्वर्गीय केशमाया पुन घर्तीका हकवालालाई दाबी वापतको रकम भुक्तानी गरेको हो ।

कम्पनीले मृतकको परिवारलाई १० लाख ४३ हजार रुपैयाँको चेक हस्तान्त्रण गरिएको छ । केशमायाको २०७७ पौष २८ गते हिँड्ने क्रममा घर नजिकैको साँघुरो सडकबाट खोलामा खस्दा दुर्घटनाका कारण मृत्यु भएको थियो । दुई किस्ता बीमा शुल्क बापत ७० हजार ४ सय १० तिरेकी केशमायाको हकवालामा छोरा अखिल पुन मगर छन् ।

ढोरपाटन नगर प्रमुख देवकुमार नेपालीका, उपप्रमुख कर्र्मती पुन, ढोरपाटन नगरपालिका वडा नम्बर ३ का अध्यक्ष हेमेन्द्र घर्ती मगर,वडा नम्बर ५ का अध्यक्ष जिवन पुन, इलाका प्रहरी कार्यलय बुर्तिबाङका प्रमुख लोक बहादुर कुवँर, इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख जयराम वन्त, समाजसेवी तुल्सीराम अर्याल, ऋतुवर्ण पौडेल, उत्तम महत, इन्स्योरेन्स कम्पनीका एजेन्सी म्यानेजर लगाएतको आतिथ्यतामा उक्त दाबी भुक्तानी कार्यक्रम सम्पन्न गरिएको थियो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*