एभरेष्ट इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा पुन :कमल गौतम नियुक्त, थपियो चार बर्षको अवधि

१० असार २०७८, बिहीबार १८:२७

काठमाडौं । एभरेष्ट इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कमल गौतम पुन :नियुक्त भएका छन् । कम्पनीको सिईओको कार्यकाल सकिएपछि बीमा समितिले उनलाई नै बिहिबार सिईओमा पुन स्वीकृति दिएको हो ।

उनको कार्यकाल सकिन अझै  एक साता बाँकि रहेको छ । बीमा समितिले उनको कार्यकाल सकिनु अघि नै नयाँ कार्यकालका लागि स्विकृती दिएको हो ।नेपाल ग्रिन्डलैज बैंकबाट बैंक वित्तीय क्षेत्रमा प्रवेश गरेका गौतम हिमालयन बैंक, एनआईसी एसिया बैंक, नेपाल बंगलादेश बैंकसहितका आधा दर्जन बैंक हुँदै एभरेष्ट इन्स्योरेन्समा पछिल्लो चार वर्षदेखि सिईओमा कार्यरत छन् ।

कम्पनीको संचालक समितिको बैठकले गौतमको कार्यकाल थप गर्ने निर्णय गरेपछि यही असार २ गते बीमा समितिमा स्वीकृतिका लागि पेश गरेको थियो । उक्त निर्णयलाई बीमा समितिले आज स्वीकृति दिएको हो । योसँगै उनको कार्यकाल चार बर्षको लाथि थप भएको हो ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*