स्थगित साधारणसभा असार २१ गते गर्ने जनरल इन्स्योरेन्सको निर्णय

११ असार २०७८, शुक्रबार ०९:३५

काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले स्थगित भएको तेस्रो वार्षिक साधारण सभा बोलाएको छ । कोरोना महामारीको कारण स्थगित गरिएको कम्पनीको साधारण सभा यहि असार २१ गते सोमबार केन्द्रीय कार्यालय काठमाडौंमा बिहान ११ बजे डोकेको हो । यसअघि कम्पनीको तेस्रो वार्षिक साधारण सभा बैशाख २६ गते बोलाएको थियो ।

कम्पनीले तेस्रो साधारणसभाले सर्वसाधारण शेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने २ सञ्चालकको निर्वाचन गर्ने एजेण्डा तयार गरेको छ । साथै कम्पनीले कोभिड १९ राहत कोषमा सहयोग गरेको रकम अनुमोदन गर्ने प्रस्ताव पारित गर्ने छ । सभामा संचालक समितिको तर्फबाट अध्यक्षद्धारा पेश हुने कम्पनीको आव २०७६/०७७ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरिने जनाएको छ ।

साथै कम्पनीको साधारणसभामा आर्थिक वर्ष २०७७/०७८ को लेखापरिक्षण गर्नका लािग लेखापरिक्षक नियु्क्ति गर्ने र निजको पारिश्रमिक तोक्ने समेत एजेण्डा रहेको छ ।

कम्पनीले साधारण सभा प्रयोजनार्थका लागि वैशाख १० गतेदेखि २६ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको थियो । जसअनुसार वैशाख ९ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको तेस्रो वार्षिक साधारण सभामा सहभागी हुन पाउने जनाएको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*