समता लघुवित्तद्धारा हेलम्बुका बाढी पिडितलाई राहत वितरण

११ असार २०७८, शुक्रबार १२:२९

काठमाडौँ । समता लघुवित्त वित्तीय संस्थाले मेलम्ची खोलामा विस्थापित बाढी पिडितलाई राहत वितरण गरेको छ।लघुवित्तले हेलम्बु क्षेत्रका विस्थापित परिवारहरुलाई खाद्यान्न लगायत आवश्यक सामाग्री हस्तान्तरण गरेको हो । लघुवित्तले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत उक्त सहयोग गरेको हो ।

लघुवित्तले चामक, दाल, तेल, नुन, सोयाविन, साबुन, सेनेटरी प्याड, त्रिपाल लगायतका सामाग्री हेलम्बु गाउपालिका वडा न २ का अध्यक्ष छिरिङ गेल्बु लामालाई दिइएको हो । विपत्तिको बेला सानो सहयोगले पनि ठुलो राहत पुग्ने बैकले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*