नेपाल लाइफ इन्स्योरेन्सद्धारा मृत्यु बीमा दाबी भुक्तानी

११ असार २०७८, शुक्रबार १३:०८

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दाबी वापतको रकम भुक्तानी गरेको छ । धनगढी स्थित सरोज मेडिकल हलकी बिमित सावित्रीको परिवारलाई ४३ लाख ७७ हजार ५५ रुपैयाँ हस्तान्तरण गरेको हो ।

कोरोनाका कारण गत वैशाख २८ गते निधन भएकी साहुका परिवारलाई नेपाल लाइफले घरमै गएर कागजात पेस भएको १० दिनमा उक्त बीमा दाबी भुक्तानी रकम हस्तान्तरण गरेको हो ।

उक्त बीमा रकम क्षेत्रिय प्रमुख शैलेश कुमार श्रेष्ठ, शाखा प्रमुख धिरेन्द्र डागी, शाखा समिती अध्यक्ष धर्मानन्द पन्त, वरिष्ठ एजेन्सी मीन बहादुर कुवरले बिमितका श्रीमान कमल सिंह साहुलाई रकम हस्तान्तरण गरेका छन् ।

One thought on “नेपाल लाइफ इन्स्योरेन्सद्धारा मृत्यु बीमा दाबी भुक्तानी

  1. RAJESH PRASAD YADAV says:

    Hjr great work nepal life insurance company lai BADHAI xa payment garnu va ko ma thank you

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*