जीवन बीमा कम्पनीद्वारा जेठ मसान्तसम्ममा खर्बबढि बीमा शुल्क संकलन, नेपाल लाइफ सबैभन्दा अगाडि

११ असार २०७८, शुक्रबार १५:२९

काठमाडौं । नेपालमा सञ्चालित १९ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको जेठ मसान्तसम्ममा एक खर्ब २ अर्ब रुपैयाँ कुल बीमा शुल्क आम्दानी गर्न सफल भएका छन् । कोरोना महामारीका बीचमा जीवन बीमा कम्पनीहरुले उल्लेख्य प्रगति गर्दै खर्बभन्दा बढि बीमा शुल्क संकलन गरेका हुन् ।

नेपालमा सञ्चालित १९ वटा जीवन बीमा कम्पनीहरुले ११ महिनासम्ममा एक खर्ब दुई अर्ब २४ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको बीमा समितिले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ । ११ महिनाको अवधिसम्ममा जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाइफ इन्स्योरेन्स सबैभन्दा धेरै बीमा शुल्क संकलन गर्ने कम्पनीमा कायमै रहन सफल भएको छ । सो कम्पनीले जेठ मसान्तसम्ममा २७ अर्ब ५७ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गरी सबैभन्दा अग्रणी कम्पनीको रुपमा कायमै रहन सफल भएको छ ।

त्यस्तै, दोस्रोमा आईसी नेपालले १४ अर्ब ६९ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ । कूल बीमा शुल्कको आधारमा तेस्रो स्थानमा रहेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको ११ महिनाको अवधिसम्ममा नौ अर्ब ५७ करोड रुपैयाँ कुल बीमाशुल्क संकलन गर्न सफल भएको छ ।

त्यस्तै, ११ महिनाको अवधिसम्ममा सबैभन्दा कम बीमाशुल्क आर्जन गर्ने कम्पनीमा सानिमा लाइफ, प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनी रहेका छन् । समीक्षा अवधीमा सानिमा लाइफले जेठ मसान्तसम्ममा एक अर्ब ६६ करोड रुपैयाँ, प्रभु लाइफले एक अर्ब २१ करोड रुपैयाँ र महालक्ष्मी लाइफले ७६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएक छन् ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*