निर्जिवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन साढे २६ अर्ब माथि, शिखर र सगरमाथाको अग्रता कायमै

११ असार २०७८, शुक्रबार १५:३०

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको ११ महिनासम्ममा आईपुग्दा २६ अर्ब ५२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । बीमा समितिले प्रकाशन गरेको तथ्याङ्क अनुसार निर्जिवन बीमा कम्पनीहरुले उक्त रकम बराबरको कुल बीमाशुल्क आर्जन गरेका हुन् ।

निर्जिवन बीमा कम्पनीहरुमध्ये जेठ मसान्तसम्ममा सबैभन्दा धेरै बीमाशुल्क भित्रयाउन सफल भएको कम्पनी शिखर इन्स्योरेन्स कम्पनी रहेको छ। कम्पनीले यस त्रैमाससम्ममा ३ अर्ब ४६ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन भित्रयाउन सफल भएका छ।

त्यस्तै, दोस्रोमा स्थानमा सगरमाथा इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले ११ महिनाको अवधिसम्ममा २ अर्ब २० करोड रुपैयाँ माथि बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

बीमा समितिले निर्जिवन बीमा कम्पनीहरुको जेठ मसान्तसम्म प्रकाशन गरेको तथ्याङ्क अनुसार सिद्धार्थ इन्स्योरेन्स कम्पनीले २ अर्ब २ करोड रुपैयाँ ,एनएलजी इन्स्योरेन्स कम्पनीले १ अर्ब ८९ करोड रुपैयाँ, प्रिमियर इन्स्योरेन्सले १ अर्ब ६० करोड रुपैयाँ, आइएमई जनरल इन्स्योरेन्सले १ अर्ब ३२ करोड रुपैयाँ, प्रुडेन्सियल इन्स्योरेन्सले १ अर्ब १७ करोड रुपैयाँ, प्रभु इन्स्योरेन्सले १ अर्ब २६ करोड रुपैयाँ, हिमालयन जनरल इन्स्योरेन्सले १ अर्ब २३ करोड, लुम्बिनी जनरल इन्स्योरेन्सले १ अर्ब १५ करोड रुपैया र अजोड इन्स्योरेन्सले १ अर्ब १४ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन भित्रयाउन सफलल भएको छ।

त्यस्तै, नेपाल इन्स्योरेन्सले १ अर्ब १० करोड रुपैयाँ ,ओरियण्टल इन्योरेन्सले ९५ करोड रुपैयाँ, एभरेष्ट इन्स्योरेन्सले ८९ करोड रुपैयाँ, यूनाईटेड इन्स्योरेन्सले ९४ करोड रुपैयाँ, नेशनल इन्स्योरेन्सले ७९ करोड रुपैयाँ, जनरल इन्स्योरेन्सले ५९ करोड रुपैयाँ, सानिमा जनरल इन्स्योरेन्सले ५६ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*