सिद्धार्थ इन्स्योरेन्सले माग्यो ७ शाखा प्रबन्धक

११ असार २०७८, शुक्रबार १६:१२

काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडले ७ वटा शाखाका लागि शाखा प्रबन्धक मागेको छ । कम्पनीले इच्छुक व्यक्तिलाई आवेदनको लागि आह्वान गर्दै सूचना जारी गरेको हो ।

कम्पनीले दाङमा ३, भोजपुरमा १ र काठमाडौंमा ३ गरी जम्मा ७ जना ब्रान्च इन्चार्ज मागेको हो । कम्पनीले दाङका तुलसीपुर, घोरही, लमही शाखा र काठमाडौंका किर्तीपुर, नक्साल र कालिमाटी शाखा र भोजुर शाखाको लागि १/१ कर्मचारी माग गरेको हो ।

कम्पनीले सो पदका लागि आवेदन दिन त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय र पोखरा विश्वविद्यालयबाट एमबीए गरेको हुनुपर्ने बताएको छ । साथै ३ वर्षको मार्केटिङ अनुभव, बैंक तथा वित्त वा लगानी समुहलाई प्राथमिकता दिने जनाएको छ । साथै नेपाली र अंग्रेजीमा बोल्न र लेख्न सक्ने विशेषता हुनुपर्नेछ ।

आवेदन कसरी दिने ?
इच्छुक तथा योग्य व्यक्तिले नागरिकता प्रमाणपत्र, शैक्षिक योग्यता/अनुभवी प्रमाणपत्र र पासपोर्ट साइजको फोटो १५ दिन भित्रमा कम्पनीको इमेल मा पठाउनुपर्नेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*