नेपाल लाइफ इन्स्योरेन्सद्धारा एकैदिन चार बीमा दाबी भुक्तानी

१२ असार २०७८, शनिबार ०८:२१

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कोहलपुर शाखा कार्यालय एकै दिन चार मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कोभिड १९ का कारणले मृत्यु भएका व्यक्तिका परिवालाई कोहलपुर शाखा कार्यालयले मृत्युदावी रकम हस्तान्तरण गरेको हो ।

कोभिडका कारणले रत्न बहादुर शाही, भद्र बहादुर वली अर्जुन कुमार अधिकारी, युवराज घिमिरे विभिन्न मितिमा मृत्यु भएको थियो । मृत्युपश्चात मृतक परिवालाई क्रमशः ३ लाख ४७ हजार ५ सय, ५ लाख ३२ हजार ५ सय, ६ लाख ९५ हजार, १ लाख ८३ हजार रकम हस्तान्तरण गरेको थियो ।

रत्न बहादुर शाहीको पत्नी सुसिला शाही, भद्र बहादुर वलीको पत्नी अनिता वली, अर्जुन कुमार अधिकारीको पत्नी आभा आनन्द, युवराज घिमिरेको पत्नी ईश्वरी कुमारी पराजुलीलाई मृत्युदावी रकम हस्तान्तरण गरेको कोहलपुर शाखाका प्रमुख विष्णु प्रसाद शर्माले बताए ।कम्पनीले १० दिनभित्रै मृत्युुदावी भुक्तानी दिएर बीमा प्रतिको विश्वास कायम राख्न सफल भएको कोहलपुर शाखाका प्रमुख शर्माले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*